कैलालीमा नेपाल प्रहरी अस्पताल सञ्चालनमा

छिनोफानो   सोमबार १६, साउन २०७९ ०६:५३

कैलालीको धनगढीमा नेपाल प्रहरी अस्पताल सञ्चालनमा आएको छ । सर्वसाधारणले समेत सेवा पाउनेगरी अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालको उदघाटन गर्दै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अस्पतालमा सुदुरपश्चिमका प्रहरी र स्थानीयले सहज रुपमा उपचार पाउने बताए ।

अस्पतालले आजै बाट उपचार सेवा सुरु गरेको छ । विशेषज्ञसहितको सेवा दिने अस्पतालले केही समयपछि शल्यक्रिया सेवा समेत सुरु गर्ने तयारी गरेको छ ।

धनगढी उपमहानगरपालिका तीनस्थित सुदूरपश्चिम प्रहरी विद्यालयको हाता भित्र अस्पताल सञ्चालनमा आएको हो । अस्पताल सञ्चालनमा आएसँगै पूर्व प्रहरी र प्रहरीले स्तरीय उपचारका लागि काठमाडौंसम्म धाउनुपर्ने बाध्यता हटेको छ ।अस्पताल उद्घाटन कार्यक्रममा धनगढीका मेयर गोपाल हमाल अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु