कैलालीमा एक व्यवसायीको जग्गामा गाडिएको अवस्थामा अवैध काठ फेला

छिनोफानो   मङ्गलबार १७, साउन २०७९ ०५:५९

कैलालीको धनगढीमा एक व्यवसायीको जग्गामा गाडिएको अवस्थामा अवैध काठ फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीका करन चौधरीको खेतमा गाडिएको अवस्थामा अवैध काठ फेला परेको हो ।
धनगढी पाँचमा काठ मिल व्यवसाय सञ्चालन गर्दै आएका चौधरीले आफ्नो जमिनमा अवैध काठ माटो र ग्राबेल हालेर गाडेको अवस्थामा फेला परेको हो ।
साल जातको २० फिट लम्बाई र ८७ ईन्च गोलाइ रहेको काठ वनको टोलीले फेला पारेको हो । फेला परेको काठ र जग्गाधनी चौधरीलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाइएको वन कार्यालयका निमित्त कार्यालय प्रमुख पुर्णशंकर यादवले  बताए ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु