नेपालमा पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि

छिनोफानो   मङ्गलबार १७, साउन २०७९ ०६:०४

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये २,७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जना र २,६५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा संक्रमण देखिएको हो । योसँगै कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ५,१४४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २९९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ४ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने १५९ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् ।
यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार ९३८ पुगेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु