सात महिना देखि जिल्ला ट्राफिक धनगढीको परिसरमा थन्कियो पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स

छिनोफानो   बुधबार १८, साउन २०७९ ०२:३९

बैतडीको पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स सात महिनादेखि जिल्ला ट्राफिक कार्यालय धनगढीको परिसर मा थन्किएको छ ।दुर्घटनामा परि प्रहरी को नियन्त्रणमा रहेको गाउँपालिकाको एम्बुलेन्स सात महिना बढी भइसक्दा समेत पालिकाले चासो नदिएका कारण थन्किएका हो ।

२०७८ पौष ६ गते पञ्चेश्वर गाउँपालिकाको सुदूर पश्चिम प्रदेश ०१००१ झ ३४५ नम्बरको एम्बुलेन्सले ६ लेन सडक खण्ड अन्तरगत चटकपूरमा से ७ प ५२८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि एम्बुलेन्स प्रहरीको नियन्त्रणमा छ । एम्बुलेन्सले ठक्कर दिएको मोटरसाइकलको चालक र सवार को उपचार भैसकेको पञ्चेश्वर गाउँपालिका प्रशासकिय अधिकृत कृष्ण बोहराले बताए । उनले भने मोटरसाइकल नया चेसिस लगाएत पाटपूर्जा मगाएर मर्मत गर्नुपर्ने भएकाले ढिलाइ भएको हो । 
‘सुदूरपश्चिम प्रदेश सरकारले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स सात महिनादेखि थन्किएको भएपनि त्यसलाई प्रयोगमा ल्याउने बिषयमा प्रयास नै नभएको पाईएको हो । एम्बुलेन्स नहुँदा बिरामीले सास्ती भोग्दा समेत एम्बुलेन्स ल्याउने बिषयमा पालिकाले चासो नदिएको स्थानियले गुनासो गरेका छन्।
आकस्मिक बिरामीहरुलाई अन्यत्र लैजान समस्या भएपनि  स्थानीय पालिकाले चासो नदिएको स्थानीयको भनाई छ । एम्बुलेन्स जस्तो संवेदनशील साधन सात महिना थन्किदा समेत चासो नदिएको भन्दै जनप्रतिनिधिहरुको आलोचना भएको छ । आफ्ना सवारी मर्मतमा लाखौं खर्च गर्ने पालिका सात महिना देखि अत्यावश्यक साधनको रुपमा रहेको एम्बुलेन्स थन्किदा कुनै चासो नदिएको पाईएको हो । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु