भारतको मुम्बई जान लागेको विमानवाट दुई जना पक्राउ

छिनोफानो   बुधबार १८, साउन २०७९ ०४:५०

नेपाल प्रहरीले भारतको मुम्बई जान लागेको विमानवाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध सन्तोष लामिछाने र उनकी पत्नी मीना रहेका छन ।

प्रहरीमा ठगी मुद्दा दर्ता भएकाले कैलाली प्रहरीको उजुरीका आधारमा प्रहरीले दम्पतीलाई नै नियन्त्रणमा लिएको हो । दुबै जनामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सुनचाँदी व्यवसायीहरुको टोलीसँग मुम्बई घुम्न जान लागेको समयमा प्रहरीले लामिछाने दम्पतीलाई नियन्त्रणमा लिएको हो ।

जहाज उड्न लागेको बेलामा प्रहरीको विशेष ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो । ढोका बन्द भएर उड्न लागेका बेला सबै यात्रु उतारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । शंकास्पद व्यक्ति रहेको सूचनापछि उडान रोकिएको नेपाल वायु सेवा निगमको जहाज भने करिब २ घण्टापछि मुम्बई प्रस्थान गरेको छ । आरए टु जिरो वान उडान नम्बरको न्यारोबडी जहाज एक बजेर दश मिनेटमा उडनुपर्ने भएपनि तीन बजे मात्रै उडेको हो । जहाजमा चालक दलका सदस्यसहित १ सय ४१ जना यात्रु थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु