कैलालीमा सर्बजनिक बसमा बिवाद हुदा चक्कु प्रहार : दुई जना घाईते

छिनोफानो   बुधबार १८, साउन २०७९ ०६:४२

कैलालीमा बिद्यार्थी बिच बिवाद हुदा चक्कु प्रहार भएको छ । घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरु सुखड देखी मसुरिया आउने क्रममा सर्बजनिक बसमा बिवाद हुदा चक्कु प्रहारबाट दुई जना घाईते भएका छन् ।

 चक्कु प्रहारबाट गौरीगंगा–८ बढैपुरका सागर सुनार घाइते भएका छन् । सागरको घाँटी, हात र खुट्टामा चोट लागेको छ । सागरमाथि चक्कु प्रहार गर्ने गौरीगंगा–९ का सुनिल आउजी र गौरीगंगा–५ का पुष्कर भाटको खोजी भइरहेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

अर्का घाईते बिवाद मिलाउन खोज्दा घाईते भएका हुन् । बसमा सबार बर्दगोरीया १का जुद्ध साँउदको झडप नियन्त्रण गर्न खोज्दा हातमा चोट लागेको छ । चक्कु प्रहार गर्ने आउजी र भाट फरार रहेका छन् । दुबैलाई प्रहरीले खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु