निर्वाचन आउँदो मंसिर ४ गते गर्न सत्ता साझेदार दल सहमत

छिनोफानो   बिहिबार १९, साउन २०७९ १२:३४

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउँदो मंसिर ४ गते गर्न सत्ता साझेदार दल सहमत भएका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्न उनीहरू सहमत भएका हुन् ।
अब बस्ने मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने छ । आज (बिहीबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ । आज मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको बताइएको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस वरिष्ठ नेता पौडेल, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धनका शीर्ष नेता सहभागी थिए । पाँच दलीय गठबन्धनको अर्को बैठक शुक्रबार बिहान बस्दैछ । निर्वाचन आयोगले समेत मंसिर ४ को समय उत्तम हुने भनी सरकारलाई सुझाव दिइसकेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु