काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आपतकालीन अवतरण

छिनोफानो   बिहिबार १९, साउन २०७९ १२:३९

नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।
चालक दलका सदस्यसहित ७९ यात्रु चढेको जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गरिएको हो ।

नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । अहिले जहाज सुरक्षित अवतरण भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु