सामाजिक विकासमन्त्री बोहराले गरे गौरीफन्टा नाकाको अनुगमन

छिनोफानो   बिहिबार १९, साउन २०७९ ०३:०७

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले आज (बिहीबार) कैलालीसँगै जोडिएको कञ्चनपुरको गौरीफन्टा नाका अनुगमन गरेका छन् । उनले केही दिनयता कोभिड–१९ को संक्रमण बढ्न थालेपछि सीमा नाकामा व्यवस्थित र कडाइका लागि त्यहाँ रहेको हेल्थडेक्स र होल्डिङ सेन्टर अनुगमन गरेका हुन् ।अनुगमनका क्रममा हेल्थडेस्क र होल्डिङ सेन्टर अलि व्यवस्थित नभएकोले थप सुधार गरिने जानकारी दिँदै मन्त्री बोहराले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले यसबाट बच्न स्वास्थ्य मापदण्डपालना गर्न आग्रह गरे ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी किरण थापा, धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुखलगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु