चलचित्र ‘म’ साउन २० गतेदेखी देशभर प्रदर्शन हुने

छिनोफानो   बिहिबार १९, साउन २०७९ ०७:३३

‘म’ नामक नेपाली कथानक  चलचित्र साउन २० गतेदेखी देशभर प्रदर्शन हुने भएको छ । कान्तिपुर फिल्म एकेडेमीले निमार्ण गरेको चलचित्र भोली शुत्रवार देशभर एकै साथ प्रशारण हुने भएको हो ।  फिल्म पढाउने एकेडेमीले पहिलो पटक निर्माण गरेको कारण नया पन देख्न पाईने  चलचित्रको निर्देशक टिम मध्येका एक जनक सिहंले बताए । उनले भने ,  चलचित्रले लगानीभन्दा बढी आम्दानी गर्ने अपेक्षा लिएका छौ ।
यस चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका निर्माता बिमला हुमागाईं र पदम पुरी हुन् । तेन्जीङ्ग पाल्देनको छायांकन रहेको यस चलचित्रको सम्पादन बनिस शाहले गरेका छन् । डेढ करोड बढी लागतमा निर्माण भएको चलचित्र म को प्रचार प्रसारमा टिम जुटेको हो  ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु