कैलालीमा चितुवाको छालासहित ४ जनालाई पक्राउ

छिनोफानो   शुक्रबार २०, साउन २०७९ ०६:५६

कैलाली प्रहरीले चितुवाको छालासहित ४ जनालाई पक्राउ गरेको छ। बिहीबार राति जिल्लाको गोदावरी नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो । 
पक्राउ पर्नेमा सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका–२ का समिर ओली, गाडीमा सवार कैलाली चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका–२ का राजेन्द्र सिंह भण्डारी रहेका छन्। उक्त बोलेरो जीप बुडरबाट धनगढी तर्फ आइरहेको थियो।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेशप्रकाश जोशीका अनुसार उनीहरुलाई चेकजाँचका क्रममा गोदावरी नगरपालिका–२ बाट पक्राउ गरिएको हो । 
उनीहरुको साथबाट चितुवाको छाला र २ किलो चितुवाको हड्डी बरामद भएको छ। पक्राउ परेका सबैलाई थप कारवाहीका लागि डिभिजन वन कार्यालय कैलालीले प्रक्रिया अगाडी  बढाएको सव डिभिजन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडेललेबताउनु भएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु