जापान पुगे माओवादी केन्द्रका ’प्रचण्ड’ ,, के-के छन् पाँच दिनका कार्यक्रम ?

छिनोफानो   शनिबार २१, साउन २०७९ ०१:४५

 सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ जापानको टोकियो पुगेका छन् । नेपाल एयरलायन्सको विमानबाट शुक्रबार राति पाँच दिने भ्रमणका लागि जापान प्रस्थान गरेका उनी शनिबार बिहान नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले उनलाई स्वागत गरे। नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा गएका उनी जापानमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने ‘नेपाल फेस्टिभल सेरोमनी’को उद्घाटन गर्ने कार्यक्रम छ । आइतबार हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । हिरोसिमा घटना भएको ७५ वर्ष पुग्दैछ ।

प्रचण्डले आइतबार नै टोकियोमा हुने नेपाली जनप्रगतिशिल मञ्चको नेपाली समुदायहरुबीच ’समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन् ।
जापानमा रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु