मन्त्री फेरिए तर सडक को अवस्था उस्तै

छिनोफानो   शनिबार २१, साउन २०७९ ०५:५४

सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयको गेट अगाडि जोडिएको सडक हिलाम्मे भएर प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको छ । पटक पटक मन्त्री फेरिए पनि सडकको अवस्था नफेरिनु लज्जाको विषय बनेको छ ।
धनगढी बजार क्षेत्रमा रहेको मुख्य सडकबाट शाखा सडकसम्म जोड्ने ५० मिटर बाटो बर्षामा हिलाम्य र हिउदमा धुलाम्मय हुने गर्दछ । यो सडक थुप्रै सरकारी कार्यालयले प्रयोग गर्ने गरे पनि मर्मतमा भने कसैले चासो देखाएका छैनन । सुदुरपश्चिम प्रदेश सरकार गठन भएपछि ४ जना सामाजिक बिकास मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त भए । यी सवै मन्त्रीले यही सडक भएर कार्यालय आवत जावत गरे । तर दैनिक आवतजावत गर्ने जीर्ण सडकले मन्त्रीको ध्यान तान्न सकेन ।


यो सडकमा सामाजिक विकास मन्त्रालय मात्र होइन, नापी कार्यालय मालपोत कार्यालय, सेती प्रादेशिक अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, वडा प्रहरी कार्यालय, प्रदेशिक कारोना अस्पताल  लगायतका सरकारी कार्यालय जोडिएका छन् । मन्त्री जस्तै यही सडक प्रयोग गरेर यी सरकारी कार्यालयमा प्रमुखहरु हिड्ने गर्दछन् । तर हिलाम्य यो सडकले कसैको ध्यान खिच्न नसक्नु लज्जाको विषय बनेको हो ।

प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी बजार क्षेत्रभित्रका अन्य सडकहरुको अवस्था पनि निकै दयनीय छ । दैनिक मन्त्रीले आवत जावत गर्ने ५० मिटरको सडक समेत मर्मत हुँदैन भने नगरका सडकले कहिले मुहार फर्ने ? जनतामा आशाको त्यान्द्रो समेत मेटिएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु