पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

छिनोफानो   सोमबार २३, साउन २०७९ ०६:०६

नेपालमा पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको २,८६२ पीसीआर र २,४८९ जनाको एन्टीजेन परीक्षणका क्रममा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ४७० जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७२ हजार ९६७ पुगेको छ । उक्त अवधिमा एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर हाल ५ हजार ६८६ जना सक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु