कैलालीमा एक सशस्त्र प्रहरी जवान डेढ किलो चरेस सहित पक्राउ

राजन जैगडी   सोमबार २३, साउन २०७९ ०६:३७

कैलालीमा  सशस्त्र प्रहरी बल ४३ गण बनबेहडामा कार्यरत एक जवान लागूऔषध चरेससहित पक्राउ परेका छन् । बझाङ जिल्ला दुर्गाथली गाँउपालिका  स्थायी घर भएका  सशस्त्र प्रहरी जवान गणेश प्रसाद जोशी डेढ किलो चरेस सहित पक्राउ परेका हुन ।

धनगढीको सिटी होटेलबाट प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।पक्राउ परेका जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका  प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु