अभिनेता श्रीकृष्ण श्रेष्ठ निधन भएको आठ वर्ष पुरा

छिनोफानो   बिहिबार २६, साउन २०७९ ०१:२४

नेपाली चलचित्र क्षेत्रमा विवादरहित र उँचो छवि बनाएका कलाकार थिए श्रीकृष्ण श्रेष्ठ ले । उनले आफ्नो जीवनकालमा थुप्रै हिट फिल्म दिए । उनको २०७१ साउमा निधन भयो । उनको निधन भएको साउन २५ मा आठ वर्ष पूरा भएको छ ।
श्रेष्ठको दिल्लीको गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । ४५ वर्षका श्रेष्ठले बोन क्यान्सरका कारण मृत्युवरण गर्नुपर्‍यो । उनको मृत्युताका उनले नै निर्माण गरेको फिल्म ‘कोहिनुर’ प्रदर्शन भएको थियो । श्रेष्ठको निधनको आठ वर्ष बितिसक्दा पनि उद्योगका मानिसले उनलाई उसैगरी सम्झना गर्ने गरेका छन् । फिल्म उद्योगमा मिलनसार अभिनेताका रुपमा चिनिने श्रेष्ठले थुप्रै पारिवारिक फिल्ममा अभिनय गरेका छन् ।

उनले अभिनय गरेका अधिकांश फिल्मले ५१ दिन मनाएका छन् । कति फिल्म १०० दिनसम्म चलेका रेकर्ड उद्योगमा छन् । उनले अभिनय गरेका ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘ए मेरो हजुर’, ‘हामी तीन भाइ’, ‘कहाँ भेटिएला’, ‘सुख(दुःख’ लगायतका थुप्रै फिल्म बक्स अफिसमा हिट भएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु