सिट बाँडफाँट गर्न सहयोगका लागि गठित कार्यदलकोे दोस्रो बैठक बस्दै

छिनोफानो   बिहिबार २६, साउन २०७९ ०१:३०

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सहयोगका लागि गठित कार्यदलकोे दोस्रो बैठक आज (बिहीबार) बस्दै छ । वैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने तय भएको हो ।
सत्ता गठबन्धनमा सिट बाँडफाँटको मोडालिटीबारे आ(आफ्नो पार्टीमा छलफल गरेपछि आज समितिको बैठक बस्न लागेको हो ।
कार्यदल संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा बैठक बस्न लागेको हो । यसअघि सोमबार कुन मोडालिटीमा सिट बाँडफाँड गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भएको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । नेकपा (माओवादी केन्द्र) बाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल छन् । जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु