नेकपा बहुमत सहित ६ दलद्वारा धनगढीमा विरोध प्रदर्शन

राजन जैगडी   बिहिबार २६, साउन २०७९ ०५:४७

नेकपा बहुमत सहितका छ दलले धनगढीमा विरोध प्रदर्शन गरेका छन् । बिहीबार  नेकपा बहुमत सहितका छ दल लगाएतले नागरिकता विधेयक, एमसीसी र एसपीपी खारेजीको माग राख्दै प्रदर्शन गरेका हुन् ।
देशमा भइरहेको राष्ट्र घात, जनघात, बढ्दो महँगी र दलाली करणका विरुद्ध समेत देश व्यापी विरोध प्रदर्शनका कार्यक्रम अन्तरगत सो र्‍यालीको आयोजना गरिएको नेकपा बहुमत कैलालीका जिल्ला संयोजक प्रकाश रावल (अनमोल) ले बताए । उनले आफ्ना माग माग सम्बोधन नभए सघर्ष का काम जारी राख्ने उनको भनाई थियो ।  
¥याली धनगढीको ट्राफिक चौराहा बाट सुरु भई पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु