सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड लागु

छिनोफानो   आइतबार २९, साउन २०७९ ०१:५६

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्याविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिक कार्यान्वयनमा ल्याउने निणर्य गरेको हो ।

यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । संशोधित कार्याविधिअनुसार लाइसेन्सको प्रयोगात्मक (ट्रायल ) परीक्षामा १ सय अंकभार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई अब सबै प्रदेशले कार्यान्वयन गर्नेछन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु