विहारमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु

छिनोफानो   आइतबार २९, साउन २०७९ ०२:०४

भारतको विहार राज्यमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको आशङ्का गरिएको छ । राज्यको सारण जिल्लास्थित भुअलपुरमा उक्त घटना भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् ।
घरेलु मदिरा सेवन गरेका कारण उनीहरूको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यद्यपि त्यो यकिन भइनसकेको र अनुसन्धान जारी छ । शल्यपरीक्षणका निम्ति शव सारण अस्पताल लगिएको छ । मृत्युको कारण पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पठाइएको छ ।

विषाक्त मदिरा सेवन गरेका अन्य तीन जना सिकिस्त बिरामी भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विषाक्त मदिराबाट सर्वसाधारणको मृत्यु भएपछि प्रहरीले घटनास्थल वरपर छापा मारेर १० देखि १२ जनालाई पक्राउ गरेको छ ।

यही साउन २० गते विषाक्त मदिरा सेवनबाट सोही जिल्लाको छप्रामा आठ जनाको मृत्यु भएको थियो भने केही गम्भीररूपमा बिरामी भएका थिए । भारतमा विषाक्त मदिराको सेवन अत्याधिक हुने गरेको र त्यसले हरेक वर्ष सयौँको मृत्यु हुने गरेको छ । सन् २०१६ देखि राज्यमा मदिरामाथि प्रतिबन्ध लगाइएको भए पनि मदिरा बिक्री र सेवनबाट हताहतिका यस्ता घटना रोकिएका छैनन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु