माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

छिनोफानो   सोमबार ३०, साउन २०७९ १२:५४

सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अपरान्ह बस्ने भएको छ ।
आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो ।
‘आज १ बजे बैठक बस्नेछ, यो नियमित बैठक हो’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने । राष्ट्रपति बिद्यादेवी भण्डारीले नागरिकता बिद्येयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएको भोलिपल्ट माओवादीले स्थायी समिति बैठक बोलाएकाले सोबारेमा पनि छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु