रुपन्देहीमा एक युवकमाथि गोली प्रहार

छिनोफानो   सोमबार ३०, साउन २०७९ ०१:००

रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।
नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेको प्रहरीले जानकारी दिएको छ ।

पेटको बायाँतर्फ गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त घटनाको आधा घण्टा अगाडि रोहिणी गाउँपालिका(१ बाइपासस्थित सिद्धर्थ कटेजमा अज्ञात समूहले पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको थियो ।

गुरुङमाथि गोली प्रहार गर्ने समूह सोही लुटपाटमा संलग्न व्यक्ति हुन् वा होइनन् भन्ने यकिन भइनसकेको र गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु