पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि, , एकको मृत्यु

छिनोफानो   सोमबार ३०, साउन २०७९ ०६:४८

नेपालमा पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ५,७३७ नमूना परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३१५५ र एन्टिजेनबाट २५८२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४२७ र एन्टिजेनबाट ४६१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ४७४ जना कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ५,३८७ पुगेको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु