हामी पनि गठबन्धनभित्रकै हौं : बाबुराम भट्टराई

छिनोफानो   मङ्गलबार ३१, साउन २०७९ ०७:२०

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा। बाबुराम भट्टराईले चुनावी प्रयोजनका लागि मात्रै नेकपा (माओवादी केन्द्र) सँग एकल चुनाव चिह्नमा जाने सहमति भएको स्पष्ट पारेका छन् ।आज (मंगलबार) माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेसपाका अर्का अध्यक्ष महेन्द्र यादवसँगको छलफलपछि उनले चुनावी तालमेल मात्र भएको बताएका हुन् ।

‘तत्काल चुनावी प्रयोजनका निम्ति मात्रै हो । हाम्रो लक्ष्य चाहिँ नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनको एजेण्डा बाँकी छन्, त्यसलाई पूरा गर्नका निम्ति हामी एक्ला एक्लै भन्दा पनि मिलेर र नयाँ आधारमा एकताबद्ध भएर जानु अहिलेको ऐतिहासिक आवश्यकता भएकाले त्यो दिशातिर पनि उन्मुख हुने हिसाबले लिएका छौं’ उनले भने ।

त्यस्तै उनले आगामी दिनमा भने अग्रगामी शक्तिहरूबीच ध्रुवीकरण गरेर जाने पनि बताएका छन् । ‘तत्काल दुई पार्टीबीच चुनावी तालमेल गरेर अघि बढ्छौं । हाम्रो लक्ष्य चाहिँ आगामी दिनमा बृहत अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने संकल्प छ’, भट्टराईले भने । उनले आफ्नो पार्टी पनि गठबन्धनमा नै रहेको पनि बताएका छन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु