प्राधानाध्यापककै मिलोमतोमा विधालय परिसर भित्र बन ऐन बिपरित काठ कटानि

राजन जैगडी   बुधबार ०१, भदौ २०७९ १०:५८

कैलालीमा विधालय परिसर भित्र बन ऐन बिपरित काठ कटानि गरेको पाइएको छ । जिल्लाको चुरे गाउँपालिका वडा न.१ स्थीत श्री भैरव माध्यामिक विधालय परिसर भित्र रहेका सल्लाका रुख अवैध रुपमा कटानी गरेको पाईएको हो । 


विद्यालय हाताभित्र रहेका दुई वटा सल्लाका रुख विधालयका प्राधानाध्यापक केशवराज ओझाकै मिलोमतोमा अबैध रुपमा कटानी गरेको स्थानियले आरोप लगाएका छन । परिसर भित्र रहेका आला सल्लाका रुख अबैध रुपमा कटानी गरेको स्थानिय बासीकोे भनाई छ ।  


 
यस बिषयमा हामीले कैलालीका डिभिजनल बन अधिकृत केशव पराजुली लाइ बुझ्दा आफुलाइ कुनै पनि जानकारी नभएको र यदी यस्तो भएको पाईएमा बन ऐन अनुसार कानुनी कारवाही हुने बताएका छन ।

यस्तै सव डिभिजन बन  कार्यालय सहजपुरका प्रमख जिबछ यादवले अबैध रुपमा कटानि भएको पाइएको स्वीकार गरेका छन ।  साथै सव डिभिनज बन कार्यलयले यस बिषय छानबिन गर्ने यादबले बताएका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु