दाचुर्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु , ९ जना घाइते

छिनोफानो   बुधबार ०१, भदौ २०७९ ०६:४४

गोकुलेश्वर बाट दाचुर्लाको   सदरमुकाम खलंगा आइरहेको जिप मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिए । उनका अनुसार घटनामा ९ जना घाइते भएका छन् ।  घटनास्थलमा  प्रहरी र स्थानीयहरु खटिएका छन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु