जिल्ला कारागार बैतडीमा १६ जनामा कोरोना संक्रमण पुष्टि

छिनोफानो   बिहिबार ०२, भदौ २०७९ ०४:४१

जिल्ला कारागार बैतडीमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार चार र बिहीबार १२ जनामा कोरोना पुष्टि भएको कारागार प्रमुख राधा भण्डारीले जानकारी दिइन् ।

‘बुधबार ४ जनामा पुष्टि भएको हो, त्यसपछि थप ८९ जनामा एन्टीजेन परीक्षण गर्दा थप १२ मा कोरोना देखियो,’ उनले भनिन् । कोरोना पुष्टि भएकालाई अलग्गै राखिएको कारागार प्रमुख भण्डारीले बताइन् । आजदेखि कैदीलाई भेटघाट गर्न रोक लगाइएको उनले बताइन् । ठाउँ अभावमा बसाई व्यवस्थापनमा असहज भइरहेको उनले बताइन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु