डोटीको जोरायलमा बोगटान फुड्सिल गाउँपालिकाको गाडी  दुर्घटना

छिनोफानो   शुक्रबार ०३, भदौ २०७९ ०४:१०

डोटीको जोरायलमा बोगटान फुड्सिल गाउँपालिकाको गाडी  दुर्घटना भएको छ ।आज बिहान जिल्लाको  गैरामा गाउँपालिकाको बा २ झ ३८७३ बलेरो  गाडी दुर्घटना भएको हो ।

डोटी बाट धनगढी आउने क्रममा गाडी दुर्घटना भएको गाउँपालिकाका  प्रशासकिय अधिकृत भरत बहादुर चन्दले बताउनु भएको छ ।

गाडीमा सवार गाउँपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष शंकरमान सुनार र चालक  सुरक्षित रहेको र गाडीमा क्षति भएको छ जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु