धनगढी सहित सुदुरपश्चिमका विभिन्न स्थानमा तीन बुँदे सहमति कार्यान्वयन गर्न माग विरोध प्रदर्शन

छिनोफानो   शनिबार ०४, भदौ २०७९ ०७:४८

तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै धनगढीमा प्रदर्शन भएको छ। एमसीसी सम्झौता खारेज, चर्को महंगी नियन्त्रण र नेकपासँग भएको तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन सहित विरोध सभा सम्पन्न भएको हो। धनगढी निर्माण व्यवसायी संघबाट शुरू भएको प्रदर्शन मुख्यमन्त्री कार्यालय अगाडी पुगेर विरोध सभामा परिणत भएको थियो। 
विरोधसभालाई वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका कैलाली संयोजक दलबहादुर ओखेडा, नेपाल कम्युनिष्ट पार्टीका विशेष समिति सदस्य विनोद बिष्ट लगायतले सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्दै एक पछि अर्को राष्ट्रघातमा संलग्न वर्तमान सरकार महंगी नियन्त्रण गर्न असफल भएको आरोप लगाए। नेकपासँगको तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्दै राजबन्दीलाई रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्न माग गरे। सरकारको गैह्रजिम्मेवार रवैया नफेरे आफुहरू कडा संघर्षमा उत्रने चेतावनीसमेत दिएका थिए। 

कैलालीको लम्कीमा समेत विरोध प्रदर्शन र सभा सम्पन्न भएको छ। सो विरोधसभालाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डबलशाह, नेकपा माओवादी समाजवादीका उपाध्यक्ष रङ्गनाथ ढकाल लगायतले सम्बोधन गरेका थिए।विरोधसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य डबल शाहले नेकपा महासचिव लगायतका नाममा पक्राउपुर्जी जारी गरेर सरकारले आफ्नो पार्टीलाई यद्धमा धकेल्न खोजेको आरोप लगाए। उनले नेपाललाई वैदेशिक शक्तिको क्रिडास्थल बनाउन खोजेको उल्लेख गर्दै एमसीसी लगायत सम्पूर्ण राष्ट्रघाती सम्झौता खारेज गर्नुपर्ने माग गरे। संसदवादीले एमसीसी लागु गर्न खोजे राष्ट्रिय युद्ध हुने चेतावनी दिए। कञ्चनपुरमा आयोजित विरोधसभालाई कञ्चनपुर सेक्रेटरी प्रकाश मल्ल ,रामबहादुर सिंह लगायत ले सम्बोधन गर्दै तीन बुँदे सहमति कार्यान्वयन नभए आफ्नो पार्टी संघर्षमा उत्रने चेतावनी दिए। दार्चुलमा नेकपा सेक्रेटरी भरत मल्ल र अछाममा आयोजित विरोधसभालाई नेकपा नेता निरक शाहीले सम्बोधन गरेका थिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु