पार्टीका प्रतिनिधिसँग निर्वाचन आचारसंहितालगायत सम्बन्धमा छलफल गर्दै आयोग

छिनोफानो   सोमबार ०६, भदौ २०७९ १२:०२

निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक पार्टीका प्रतिनिधिलाई आज (सोमबार) छलफलका लागि बोलाएको छ । बिहान साढे ११ बजे पार्टीका नेताहरूलाई परामर्शका लागि बोलाइएको हो ।

उनीहरूसँग निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन् । आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको छ । आउँदो मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने तय छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु