प्रतिनिधिसभाबाट सांसद प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित

छिनोफानो   सोमबार ०६, भदौ २०७९ ०४:४३

प्रतिनिधिसभाले सांसद प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरीको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

यस्तै राष्ट्रिय सभा वैठकले पनि गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले सांसद गिरीको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो । २०५१ को संसदीय चुनावमा सिरहा(५ बाट निर्वाचित भएका गिरी २०६२र०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिरहा(१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु