‘मृत्यु भएका  व्यक्तिलाई जिउदो’ बनाएको भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

छिनोफानो   सोमबार ०६, भदौ २०७९ ०४:५६

बुटवलमा ‘मृत्यु भएका  व्यक्तिलाई जिउदो’ बनाएको भन्दै भ्रम फैलाएको आरोपमा एक जना पास्टर पक्राउ परेका छन् । जिल्लाको होली क्यालभरी चर्चका पास्टर  मृतकलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामे सोमबार दिउंसो बुटवलबाट पक्राउ परेका हुन् ।
गोतामेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।

विवेक सत्यालको नामबाट आइतबार सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा बुटवलको होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु