कैलाली जिल्लाको दुई स्थानमा संकास्पद बस्तु फेला

छिनोफानो   मङ्गलबार ०७, भदौ २०७९ ०७:१५

कैलाली जिल्लाको दुई स्थानमा संकास्पद बस्तु फेला परेका छ्न। जिल्लाको गोदावरी नगरपालिका १ स्थित   मोहनापुल अत्तरिया ६ लेन सडक खण्ड र पुर्व पश्चिम् राजमार्ग अन्तरगत हरैया शिविर मा संकास्पद बस्तु फेला परेका हुन् । 
 जिल्ला प्रहरी कार्यालय कैलाली का प्रवक्ता प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशी का अनुसार गोदावरी नगरपालिका १ अत्तरिया चोक नजिकै कपडा मा बेरिएको अवस्थामा र गोदावरी ७ हरैया शिवीर मा प्रेसर कुकुर बम जस्तो देखिने बस्तु फेला परेको हो । बमलाई निष्क्रिय पार्न सेनाको टोलि उक्त  स्थानहरुमा बोलाइएको जोशिले बताउनु भएको छ । 
नेपाल कम्युनिस्ट पार्टी लगाएत चार दल ले आव्हान गरेको नेपाल बन्द का कारण बिहानै देखि जनजीवन अस्तव्यस्त बनेको छ । बिहानै दखि लामो तथा छोटो दुरि का यातायात चल्न सकेका छैनन् भने हिजो राती निस्केका लामो दुरि का यातायात लाई प्रहरी ले स्कटिङ गरेर गन्तव्य सम्म पुर्याइ रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु