कैलालीमा सशस्त्र प्रहरीले समात्यो भारत बाट ल्याउदै गरेको १९ क्यु फिट काठ

छिनोफानो   बुधबार ०८, भदौ २०७९ ०७:०६

कैलालीमा सशस्त्र प्रहरी बल नेपालले अबैध काठ बरामद गरेको छ । जिल्लाको धनगढी उप महानगरपालिका वडा नं ९ बंगराकटान क्षेत्रमा भारत बाट नेपाल ल्याउदै गरेको अवस्थामा  १९ क्यु फिट काठ सशस्त्र प्रहरी बल नेपाल बि ओ पि बंगराकटान को नियमित पैदल गस्तीले बरामद गरेको होे ।
बजार मूल्य अनुसार ८५ हजार बराबरको लगभग सात फिट लामो ३४ कडी सालको काठ सीमा इलाका राम घाटबाट नियमित पैदल गस्तीका क्रममा गस्ती टोलीले फेला पारी सब डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल, नेपाल बिओपी नं। ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायव निरीक्षक राधेश्याम रानाले बताए । नजिकै भारतीय जङ्गल भएकोले उक्त काठ भारतबाट नेपाल भित्र्याउन लागिएको हुन सक्ने रानाको आशङ्का रहेको छ ।
यस्तै, कैलालीका ‘फरेस्ट अफिसर’ रमेश बोगटीका अनुसार अब उक्त काठ सब डिभिजनमा लगी नाप तौल  गरिने र वन कार्यालयले अनुसन्धानका लागी अधिकृत तोकी सो काठ कहाँ बाट कुन प्रयोजनका लागी आएको भनी सत्य तथ्य छानबिन हुने र अन्तमा वन कार्यालयले लिलामी शाखामा पठाइने छ । सिमा नाका मा चोरी पैठारी रोक्न सशस्त्र प्रहरी बलले निकै तदारुकता का साथ काम गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु