डडेल्धुरामा एक कर्मचारीको विधालयमै मृत्यु

छिनोफानो   बुधबार ०८, भदौ २०७९ ०७:१५

डडेल्धुरामा एक कर्मचारीको विधालयमै मृत्यु भएको छ। जिल्लाको अमगरगढी नगरपालिकास्थित वडानम्बर १० मा रहेको सहर्षलिंग माविमा कार्यरत एक कर्मचारीको विधालयम मृत्यु भएको हो।
आज सहर्षलिंग माविका ३० वर्षीय लेखापाल भक्त बहादुर साउदको अचानक स्वास्थ्यमा समस्या आएर मृत्यु भएको हो। पहिल्यैदेखि मुटु रोगको बिरामीसमेत रहेका उनी आज बिहान विद्यालय आएपछि अचानक रिँगटा लागेर ढलेका थिए।

त्यसपछि उनलाई अस्पताल लगिएको तर अस्पताल नुपग्दै उनको मृत्यु भएको बताइएको छ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु