नक्कली मदिरा उत्पादन गरि बिक्रीवितरण गर्ने गिरोहका पाँच जना पक्राउ

छिनोफानो   शनिबार ११, भदौ २०७९ ०३:२८

 प्रहरीले नक्कली मदिरा उत्पादन गरि बिक्रीवितरण गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरि वली, भगवान बस्नेत, बिशाल वली, मनोज खत्री र गोपी श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै बरामद भएका विभिन्न ब्राण्डका नक्कली मदिरा‍सहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।

कोटेश्वरमा विभिन्न ब्राण्डका नक्कली मदिराको बिक्रीवितरण हुने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले नक्कली रक्सी उत्पादन गर्न प्रयोग गरिएको फ्याक्ट्रीमा डबल ब्ल्याक, ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाईल्याण्डर भोड्का, ब्लू डाइमेन्ड लगायतका ब्राण्डका नक्कली रक्सी रहेको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु