मुख्यमन्त्री भट्ट द्धारा डोटीको सवारी चालक लाइसेन्स परीक्षा सञ्चालनस्थलको उद्घाटन

छिनोफानो   शनिबार ११, भदौ २०७९ ०३:४८

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीको सवारी चालक लाइसेन्सको प्रयोगात्मक परीक्षा सञ्चालनस्थलको उद्घाटन गरेका छन् । उनले  शनिबार जिल्लाको यातायात व्यवस्था कार्यालयको सवारी चालक लाइसेन्सको प्रयोगात्मक परीक्षा सञ्चालनस्थलको उद्घाटन गरेका हुन् ।
सवारी चालक लाइसेन्सको प्रयोगात्मक परीक्षा सञ्चालनस्थलको उद्घाटन भए संगै प्रदेशका पहाडी जिल्लाका सेवाग्राहीले जिल्ला बाटै सेवा पाउने भएका हुन् । डोटीका यातायात व्यवस्था कार्यालयले सेवा विस्तार गरे संगै सेवाग्राहीको यातायात व्यवस्था कार्यालय धनगढी धाउनु पर्ने बाध्यता हटेको हो । 


उद्घाटन कार्याक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताको मर्मअनुसार जनतालाई नजिकबाट सर्वसुलभ सेवा दिलाउन प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । 
प्रदेश सरकार गठन हुनुभन्दा पहिले सुदूरपश्चिमका जिल्ला सदरमुकाम जोड्ने सडक मात्रै कालोपत्रे रहेकोमा अहिले चार बर्ष केही महिनामै भित्रि सडकहरुका करीब ७०० किलोमिटर पक्की भएको बताए ।

जनतालाई नजिकबाट सर्वसुलभ सेवा सुविधा दिन संघीयताको कार्यान्वयन गर्दै प्रदेश सरकारले जनमुखी ऐन नियम कानून बनाएर जनतालाई आफ्नोत्वको आभास दिलाउन खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य लगायतका अधारभूत समस्याहरुको समाधानमा लागेको बताए ।
प्रदेश सरकारले एउटा गतिलो काम नगरेको भन्ने हल्ला राजनीतिक स्वार्थ लिनेहरुको मात्रै भएको भन्दै मुख्यमन्त्री भट्टले आफ्नो नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले सातरआठ दशकसम्म भएको विकास निर्माण भन्दा दोब्बर विकास गरेको दावी गरे । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु