कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

छिनोफानो   मङ्गलबार १४, भदौ २०७९ १२:०८

देशका केही भागमा आज (मंगलबार)  वर्षा को सम्भावना रहेको  छ । बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू(भागका केही स्थानहरूमा र अन्य भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशका भू(भागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावजोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु