कैलालीमा ८८ हजार नगद सहित १० जना जुवाडे पक्राउ

छिनोफानो   मङ्गलबार १४, भदौ २०७९ १२:५३

 कैलालीमा ८८ हजार नगद सहित १० जना जुवाडे पक्राउ परेका छन् । सोमवार राती जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानी बजारको एक होटेलमा जुवा खेलि रहेको भन्ने सुचनाका आधारमा  इलाका प्रहरी कार्यालय सुखड बाट खटिएको प्रहरीले  उनीहरूलाई पक्राउ गरेको हो ।


इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक  लक्ष्मण बहादुर शाहीका अनुसार प्रहरीले खान तलासी गर्दा उनिहरु बाट ८८ हजार नगद, ६ वटा मोटरसाइकल बरामद गरेको छ ।

पक्राउ परेका जुवाडेहरू साडेपानी, बौनिया, लम्की र बर्दियाका रहेको बताईएको छ । उनीहरूमाथि म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु