एमाले प्रवेशको चर्चामा रहेका तामाङलाई नेकपा एसको कारवाही

छिनोफानो   मङ्गलबार १४, भदौ २०७९ ०५:३९

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिमले पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश कमिटी उपसचिव तारालामा तामाङ लाई साधारण सदस्य नरहने गरि कारवाही गरेको छ । नेकपा एसले तामागलाई एउटा बिज्ञप्ती जारी गर्दै पार्टीको अनुशासन र मर्यादा बाहिर गएर सार्वजनिक स्थानमा अभिव्यक्ति दिएको भन्दै कार्वाही गरेको हो । 
नेकपा एमालेबाट प्रदेश सांसद निर्वाचित भएका तामाङ एमाले विभाजनपछि नेकपा एस समाजवादीमा सनाखत गरेका थिए। आर्थिक मामिला तथा योजनामन्त्री समेत भइसकेका तामाङ नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उपसचिव पनि हुन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु