एमाले अध्यक्ष ओली आज कञ्चनपुर आउदै

छिनोफानो   बुधबार १५, भदौ २०७९ १२:३६

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज (बुधबार) कञ्चनपुर आउने भएका छन् । जिल्लाको सदरमुकाम महेन्द्रनगरमा आयोजित जनसभालाई सम्बोधन गर्न ओली  कञ्चनपुर आउन लागेका हुन् ।

महेन्द्रनगरको बजार स्थित स्मारक चोकमा कार्यक्रम आयोजना गरिएको छ । निर्वाचन नजिकिएसँगै शीर्ष नेताहरुको दौडधुप पनि बाक्लिएको छ । एमाले कञ्चनपुरका अनुसार आजको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भई सकेको छ । ओलीले दिउँसोे जनसभालाई सम्बोधन गर्ने तयारी रहेको जनाइएको छ ।

पार्टी प्रवेश कार्यक्रम पनि राखिएको उनले जानकारी दिए । एकीकृत समाजवादी सुदूरपश्चिमका निवर्तमान अध्यक्ष विक्रम शाही, नेताहरु तारालामा तामाङ, अशोक चन्द, माओवादी लगायत विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ । उनीहरुलाई ओलीले स्वागत गर्ने कार्यक्रम तय भएको एमाले कञ्चनपुरले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु