सुर्खेतमा तीजको नाच हेर्ने क्रममा दुई समूहबीचको झडपमा ,एक जनाको मृत्यु

छिनोफानो   बुधबार १५, भदौ २०७९ १२:४८

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एक जनाको मृत्यु भएको छ ।

तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

‘स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ’, उनले भने, ‘मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु