दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु, १२ जना घाइते

छिनोफानो   बुधबार १५, भदौ २०७९ १२:५१

चट्याङ लागेर दाङमा दुई महिलाको ज्यान गएको छ । अन्य १२ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका(१२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मृतक र घाइतेको अझै नाम खुल्न नसकेको दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताएका छन् । ‘दुई जनाको मृत्यु भन्ने खबर आएको छ । त्यहाँ जान गाडीबाट झरेर पनि ४ घण्टा हिँड्नु पर्छ । कसैसँग सम्पर्क भएको छैन’, उनले भने, ‘बिहान वडाध्यक्षलाई फोन आएको रहेछ उहाँ पनि हाम्रो प्रहरी टोलीसँगै गइरहनु भएको छ । अझै डेढ घण्टा जतिमा पुगौंला भन्नुभएको छ ।’ उनले त्यो ठाउँमा फोन सम्पर्क समेत नभएको बताएका छन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु