भारतीय सेना प्रमुख पाण्डे आइतबार नेपाल आउने

छिनोफानो   बुधबार १५, भदौ २०७९ ०१:५५

 भारतीय सेनाका प्रमुख मनोज पाण्डे पाँच दिने भ्रमणका लागि आगामी आइतबार नेपाल आउने भएका छन् । नेपाली सेनाले आज एक विज्ञप्ती प्रकाशित गर्दै प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीयस्थल सेनाका प्रमुख पाण्डे नेपाल आउन लागेको जानकारी दिएको हो । पाँच सदस्यीय भ्रमणदलका साथ उनी नेपाल आउने भएका हुन । भ्रमणको क्रममा नेपाली सेना र भारतीय सेनाबीचको परम्परा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । उनले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । सेना प्रमुख पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग भेटघाट एवं छलफल गर्नेछन । भ्रमणका क्रममा भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गर्ने कार्यक्रम समेत रहेको छ । उनी आगामी बिहीबारसम्म नेपालमा रहने सेनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु