रौतहट-२ बाट संघीय संसदको उम्मेद्वारमा आलमको सिफारिस

छिनोफानो   बिहिबार १६, भदौ २०७९ ०५:१५

 बिष्फोटक पदार्थ तथा सामुहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफ्ताब आलम आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट(२ बाट संघीय संसदको उम्मेद्वारका रूपमा सिफारिस भएका छन् ।

कांग्रेस जिल्ला समिति कार्यालय रौतहटले उनको नाम सिफारिस गरेको हो । उनीसँगै अञ्जु झाको पनि नाम सिफारिसमा परेको छ । अभियुक्त आलम हाल ललितपुरको नक्खु कारागारमा छन् । उनको मुद्दा रौतहट जिल्ला अदालतमा बिचाराधीन छ । रौतहट(२ बाट निर्वाचित नेपाली कांग्रेस सांसद आलमविरूद्ध १४ जनाको हत्या गरेको अभियोग लागेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु