कैलालीमा मोहना नदीमा डुबेर एकजना बेपत्ता

छिनोफानो   बिहिबार १६, भदौ २०७९ ०५:२२

कैलालीमा मोहना नदीमा डुबेर एकजना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका-१९ मा दाउरा बटुल्ने क्रममा मोहना नदीमा डुबेर एक जना बेपत्ता भएका हुन् ।

बिहीबार बिहान धनगढी उपमहानगरपालिका १९, खेदाका स्थानीय अन्दाजी २६ वर्षीय माने भनिने रिस्मान चौधरी मोहना नदीमा डुबेर बेपत्ता भएका हुन् ।

नदीले बगाएर ल्याएका दाउरा बिहान साथीहरुसँगै समात्ने क्रममा उनलाई नदीले डुबाएर बेपत्ता पारेको सीमा प्रहरी चौकी बहुलीयाका इन्चार्ज गोपाल कार्कीले जानकारी दिए । बेपत्ता चौधरीको खोजी कार्य भइरहेको कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु