संघीय निर्वाचनका लागि कैलाली –५ बाट आरजु राणा देउवा उम्मेदवार सिफारिस

छिनोफानो   बिहिबार १६, भदौ २०७९ ०५:३३

कांग्रेसले आगामी संघीय निर्वाचनका लागि कैलाली क्षेत्र–५ बाट  डाक्टर आरजु राणा देउवालाई  उम्मेदवार सिफारिस गरेको छ। 

प्रदेश कार्यसमितिले बिहीबार राणाको एकल नाम सर्वसम्मतिले  संघीय निर्वाचनको उम्मेदवारका रूपमा सिफारिस गरेको हो। समावेशी समानुपतिकतर्फ भने १३ जनाको नाम सिफारिस गरिएको कांग्रेस कैलाली जिल्ला सचिव नृप सुनारले बताए।

समानुपातिकका लागि सिफारिस हुनेहरूमा प्रदेश महामन्त्री रहेका नरनारायण शाह मनु, वर्तमान प्रदेशसभा सदस्य तथा राज्यमन्त्री रहेका टेक बहादुर रैका, केन्द्रीय सदस्य तथा पूर्व मेयर नृप वड, केन्द्रीय सदस्य तथा पूर्व उपमेयर शुशीला मिश्र भट्ट लगायत छन्। यस्तै, नृप सुनार, मनिराम देवल र पुष्पा भट्ट पनि समावेशी कोटाका लागि सिफारिसमा परेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु