कक्षा १२ को नतिजा प्रकाशित

छिनोफानो   शुक्रबार १७, भदौ २०७९ ०६:३२

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा प्रकाशित गरेको हो । गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको परीक्षाफल आज सार्वजनिक भएको हो । परीक्षामा तीन दशमलब ६१ देखि चार जीपीए ४ हजार १ सय ७९ जनाले ल्याएका छन । तीन दशमलब २१ देखि तीन दशमलब ६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३० हजार १ सय ७ रहेको छ । त्यस्तै २ दशमलब ८१ देखि ३ दशमलब २० जीपीए ६५ हजार २ सय ८४ विद्यार्थीले ल्याएका छन । त्यस्तै २ दशमलब ४१ देखि २ दशमलब ८० जीपीए ल्याउने विद्यार्थीको संख्या ६४ हजार ९३ रहेको छ । १० हजार ९ सय विद्यार्थीले भने दुई दशमलब शुन्य देखि दुई दशमलब ४० जीपीएल ल्याएका छन । कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार ८ जना र ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जनाले कक्षा १२ को परीक्षा दिएका थिए । बोर्डले ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको हो । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अंक नल्याउने विद्यार्थीले पुन परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । अंक नल्याए ग्रेड सिटमा एनजी ‘नन ग्रेडिङ’ उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो । एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैन । दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।

यसरी हेर्नुहोस् परीक्षाफल

विभिन्न Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ :

१. राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np

२. नेपाल टेलिकमको website : www.neb.ntc.net.np

SMS सेवा :

१. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका : NEB Symbol No. टाइप गरी १६०० मा SMS गर्ने ।

IVR सेवा :

१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु