डोटीमा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ

छिनोफानो   शुक्रबार १७, भदौ २०७९ ०६:४७

डोटीको ठजोरायल गाउँपालिका-२ मिल चौराहास्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली चुरे गाउँपालिका(६ बस्ने २४ वर्षीय लोकेन्द्र साउद समेत १२ जना छन् । उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार २५ रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु