एक सय रुपैयाँले घट्यो सुनको भाउ

छिनोफानो   शुक्रबार १७, भदौ २०७९ ०६:४९

नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य एक हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकोे छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु